काठमाडौं, २५ चैत । नेपाल र भारतका पर्यटन व्यवसायीले दुई देशबीचको पर्यटन विकास गर्न पर्यटकीय क्षेत्रले मात्र नभई पर्यटन करिडर व्यापारको पनि विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
भारतको सिलिगुडीमा प्रदेश १ र भारतका पर्यटन व्यवसायीले यस्तो कुरामा जोड दिएका हुन् । उनीहरुले नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि क्रमश न्यून हुँदै गएको र देशमा राजनितिक गतिरोध पनि कम हुँदै गएकाले अब पर्यटन विकासमा दुबै देशले योजना बनाएरनै लाग्नुपर्ने बताए ।
समान भौगोलिक तथा वातावरणीय अवस्था भएको यस क्षेत्रमा दुबै देश मिलेर पर्यटन प्रवर्धनका लागि योजनावद्ध कार्यगर्न सके यसले दुबै देशलाई फाइदा पु¥याउने उनीहरुको भनाई छ ।
भारतका व्यापारीहरुको छाता संगठन कन्फड्र्रेशन अफ इन्डिया इण्डष्ट्रिज (सीआईआई) र कोलकातास्थित नेपाली महावाणिज्यले पर्यटन विकासका लागि संयुक्त रुपमा आयोजना गरेको छलफलमा बोल्दै भारतका पर्यटन अभियन्ता राज बसुले भारतीय नागरिकको पहिलो चाहना नेपाल घुम्ने र नेपालीको भारत घुम्ने नै भएकाले यो चाहनालाई पर्यटन सँग जोडेर हेर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया