बलात्कार प्रयसामा दुई पक्राउ

समाचार

2/17/2020

जनकपुरधाम, ५ फागुन । जनकपुरधाममा एक महिलालाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

आइतबार राति ४० वर्षीया महिलालाई दुई युवाले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न दुवै युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको सोनामाई भोइलका नरेश महतो र नाम खुल्न नसकेका एक व्यक्ति भारत विहारको मधुवनीका छन् ।

दुवै युवालाई प्रहरीले मेडिकल जाँच गराउन प्रादेशिक अस्पताल लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी प्रमुख तथा एसपी रमेश बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ