प्रारम्भिक पढाई बलियो भयो भने मात्र बालबालिकाहरुको भविष्य मजबुत हुन्छ : सांसद यादव

समाचार

3/24/2019

वीरगंज, १० चैत । संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले बालबालिकाहरुको प्रारम्भिक पढाई मजबुत भयो भने मात्र भविष्य मजबुत हुने बताएका छन् ।

श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय प्रसोतीपुर लालपर्साले आयोजना गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले घर बनाउँदा जसरी जग मजबुत बनाउनु पर्छ त्यसैगरी बच्चाहरुको भविष्य बनाउन उनीहरुको जगको रुपमा रहेको प्रारम्भिक पढाई मजबुत बनाउनु पर्नेमा जोड दिए ।

हाम्रो बेलामा प्रारम्भिक पढाईको त्यती व्यवस्थापन हुँदैनथ्यो र कक्षा १ देखि पढाई हुन्थ्यो तर अहिले बालबालिकाहरुलाई थप मजबुत बनाउन प्रारम्भिक पढाई सुरु गरिएकोमा सो कार्यक्रमको सांसद यादवले प्रशंसा समेत गरे ।

प्रारम्भिक पढाई नै कमजोर भयो भने बालबालिकाहरुको भविष्य समेत कमजोर हुने भएकोले बच्चाहरुको प्रारम्भिक पढाई मजबुत बनाउन अभिवाकहरुले पनि आ आफ्नो बालबालिकाहरुलाई स्कुल पठाउनुको साथै बच्चाहरुको पढाईमा गम्भीर भएर सोच्ने बेला आएको बताए ।

सांस यादवले स्कुल भवनको कमी देखिएकोले स्कुलमा थप भवनको व्यवस्थापन गर्न आगामी आर्थिक वर्षको बजेटबाट यस स्कुलका लागि बजेट छुटयाएर भवन निर्माण गरिने प्रतिबद्धता व्यक्त गरे ।

यस स्कुलका साथ साथै लालपर्साको विकाशका लागि तथा यहाँको हरेक प्रकारका समस्यामा आफू हरेक पल साथ र सहयोग गर्ने बताउँदै सांसद यादवले आफू यो गाउँको नेता भएर मात्र होइन यो गाउको बेटा बनेर यस क्षेत्रको विकाशमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, वीरगंज महानगरपालिकाका शिक्षा तथा खेलकुद इकाई प्रमुख अरविन्द लाल कर्ण, समाजवादी युवा फोरम प्रदेश सदस्य मनोज यादव, प्रारम्भिक जिल्ला कार्यक्रम संयोजक भरत सहनी, श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका संस्थापक अध्यक्ष शम्भु प्रसाद यादव, विधालय व्यवस्थापन समिति सदस्य राम प्रसाद यादव,सांसद उम्मेदवार गगन देव यादव, स्थानीय मंकेश्वर यादव, राम प्रवेश यादव लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रम श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ