मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना

समाचार

5/2/2019

महोत्तरी, १९ वैशाख । बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरिएको छ ।

कार्यालयको एक कार्यक्रम बीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् । नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माणको लागि आयोजनाको कार्यालय स्थापना गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश २ को महोत्तरीको बर्दिबास सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो ।

आयोजना कार्यालय स्थापना भएसंगै मेडिकल कलेजको लागि आवश्यक काम कारवाही यथासिघ्र सुरु हुने उनले बताए । सिफारीस भएको जग्गामा सरकारी वन रहेकोले मन्त्रालयमा आवश्यक प्रक्रियाको कारण रोकिएको छ । कलेजको पूर्वाधार तयार गर्न ३ वर्षमा सक्ने लाग्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ