पूर्वाधार विकास भएमा व्यवसाय सफल : श्रेष्ठ

समाचार

6/21/2019

कपिलवस्तु, ६ असार । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले व्यसायको विकासका लागि पूर्वाधार विकास रहेको बताएका छन् ।

तौलिहवा उद्योग वाणिज्य संघले राखेको सुरक्षा प्रमुखहरुको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् । व्यवसायका लागि पहिलो सडक विस्तार, पार्किङ्ग, सरसफाई जस्ता क्षेत्रको व्यवस्थापन भएमा व्यवसाय गर्न सहजता हुने उनले बताए ।

साथै श्रेष्ठले पूर्वाधार मध्य सडक पहिलो प्राथमिकतामा रहेको बताउँदै सबैको समन्वयमा सडक विस्तार कार्य अगाडी बढाइने बताए । सडक अतिक्रमण गर्ने र अव्यस्थित पार्किङ्ग गर्नेलाई कडाई गरिने स्पष्ट पार्दै घर बाहिर फोहर फाल्नेलाई कडा कारवाही गरिने बताए ।

नागरिकको सुरक्षा प्राथमिकतामा रहेको बताउँदै प्रजिअ श्रेष्ठले व्यवसायीलाई निती नियममा बसे प्रशासन आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रशासन सक्षम रहेको स्पष्ट पार्दै अपराधबारेका सुचना समयमै दिन प्रहरी उपरिक्षक दिप शम्सेर जबराले व्यवसायी सँग आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ