पूर्वनगरप्रमुख घोषको शालिक अनावरण

समाचार

11/12/2018

वीरगंज, २६ कार्तिक । वीरगन्ज नगरपालिकाका पूर्वनगरप्रमुख पशुपति घोषको शालिक एक कार्यक्रमबीच अनावरण गरिएको छ ।

वीरगन्ज महानगरपालिकाद्वारा रु. १० लाखको बजेटमा पुनः निर्मित शालिकको सोमबार बिहान एक कार्यक्रमका बीच नगर प्रमुख विजयकुमार सरावगीले अनावरण गरेका छन् ।

पूर्वनगरप्रमुख घोषकी छोरी कमला घोषको सभापतित्वमा सम्पन्न भएको शालिक अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख विजयकुमार सरावगीले वीरगन्जलाई डिजिटलाइजेटेशन गर्ने कार्य छिटै सुरु गरिने बताए ।

उनले विगत २० बर्षको जनप्रतिनिधिविहीनताले महानगरपालिकाको विकासकले तीव्रता पाउन नसकेको बताउँदै ग्रेटर वीरगन्जको अवधारणा अनुसार चौतर्फी विकासका लागि मास्टरप्लान महानगरपालिकाले ल्याउन लागेको बताए ।

उनले पूर्वनगरप्रमुख पशुपति घोषको शालिक निर्माण भएपछि दोश्रो चरणमा वीरगन्जका प्रथम नगरपिता केशर मान्नधर र नगर प्रमुख पदमै मारिनु भएका गोपाल गीरिको शालिक निर्माण कार्य सुरु गरिने बताए ।

कार्यक्रममा प्रदेश सांसद एवम् वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमपकाश शर्माले पूर्वनगरप्रमुख घोषले दशकौं अगाडि वीरगन्जको आदर्शनगरको बारेमा गरेको प्लानिगंको चर्चा गरे ।

उनले वीरगन्जको सांगुरो बसाइलाई फराकिलो बनाउन विकासका विभिन्न रचनात्मक योजना तथा नयां प्लानिगंहरु गर्न नगर प्रमुख सरावगीलाई सल्लाह समेत दिए ।

महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसाल, प्रदेश नम्बर २ का योजना आयोगका सदस्य एवम संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य मोहनलाल चौधरी, वीरगन्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक टेमानी लगायत नेता तथा समाजसेवीहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज उधोग वाणिज्य संघका पुर्व अध्यक्ष गणेश लाठ, गजेन्द्रसिहं ठक्कु, सज्जन अग्रवाल लगायतका व्यक्तिहरुले पूर्वनगरप्रमुख पशुपति घोषका योगदानहरु अविष्मरणीय रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ