सिक्किमका पूर्वमुख्यमन्त्री साहित्य महोत्सवमा आउने

समाचार

2/24/2020

काठमाडौं, १२ फागुन । धनगढीमा १४ फागुनबाट विश्व नेपाली साहित्य महोत्सव हुँदै छ । करिब एक सातासम्म चल्ने महोत्सवमा देश विदेशका साहित्यकार सहभागी हुनेछन् ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको महोत्सवमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार लीलबहादुर क्षत्री, भारत सिक्किमका पूर्वमुख्यमन्त्री एवं साहित्यकार डा. पवन चाम्लिङको सहभागिता रहने बताइएको छ ।

सुदूरपश्चिमाञ्चलमा पहिलोपटक हुन लागेको साहित्य महोत्वसमा साहित्यिक र समसामयिक छलफल गरिने साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए । महोत्वसमा साहित्य, राजनीति, समालोचना, विश्वमा नेपाली साहित्यको स्थान, संस्कृति, राष्ट्रियता, जीवन संघर्षलगायत विषयमाथि छलफल हुनेछन् । 

सिक्किमका पूर्वमुख्यमन्त्री चाम्लिङ ‘स्वाभिमानी जातिका स्वाभिमानी पाइला’ विषयमा बोल्ने छन् । ‘विद्यताले नधानेको राजनीति’ विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र सांसद प्रदीप गिरिले छलफल गर्नेछन् ।
त्यस्तै प्राडा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराईले ‘विश्व आकाशमा नेपाली साहित्य’ विषयमा छलफल गर्ने कार्यक्रम छ । ‘साहित्य र राजनीति ः अन्तद्र्वन्द्व कि अन्तर्सम्बन्ध’ मा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र साहित्यकार मोदनाथ प्रश्रितवीच छलफल हुने आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ