काठमाडौं, ८ फागुन । दुई साताका लागि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले अमृतसरस्थित शिखहरुको पवित्र तीर्थस्थल ‘स्वर्ण मन्दिर’को दर्शन गरेका छन् ।
पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहको ७० औँ जन्मदिनका अवसरमा उनकै इच्छाअनुसार ‘स्वर्ण मन्दिर’को दर्शन गरिएको सञ्चार माध्यमहरुले जनाएका छन् ।
पूर्वराजपरिवारलाई स्वर्ण मन्दिर परिसरमा श्री गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले स्वागत गरेका थिए ।
पूर्वअधिराजकुमारी शोभा शाह र कुमार मोहन बहादुर शाही पनि स्वर्ण मन्दिर दर्शनमा सहभागी थिए । गत आइतबार करिब दुई साताका भारत प्रस्थान गरेका पूर्वराजा अमृतसरबाट शनिबार दिल्ली फर्कने बताइएको छ ।
तपाईको प्रतिक्रिया