काठमाडौं, १२ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत यात्रामा निस्केका छन् । केही महीनादेखि झापामा रहेका पूर्वराजा शाह पत्नी कोमल शाहसहित दार्जिलिङ गएका हुन् ।
करिब दुई साताका लागि निस्किएका पूर्वराजा शाहले दार्जिलिङ हुँदै विभिन्न राज्यहरुको भ्रमण गर्ने उनका सञ्चार सचिव डा. फणिराज पाठकले जानकारी दिए ।
मठमन्दिर दर्शनका साथै विभिन्न व्यक्तिहरुसँग पनि भेटघाटको कार्यक्रम रहेको बुझिएको छ। केही साताअघि नेपाल आएका केदारनाथका मुख्य पुजारीलाई पूर्वराजा शाहले काठमाडौंमै भेटेका थिए ।
तपाईको प्रतिक्रिया