पूर्वसभापति पटेलको निधन

समाचार

6/14/2019

रौतहट, ३१ जेठ । तत्कालीन जिल्ला विकास समिति रौतहटका पूर्वसभापति राजेन्द्र पटेलको निधन भएको छ । तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पटेलको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बेलुकी ५ बजेको समयमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।

पूर्वसभापति पटेलको निधनप्रति रौतहट जिल्लाका निर्वाचित जनप्रतिनिधिहरुले शोक व्यक्त गर्दै श्रन्दाजलि अर्पण गरेका छन् ।

प्रदेश सभा सदस्य रामकिशोर यादव, बाबूलाल साह, जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असीस यादव, गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ता, राजदेवी नगरपालिकाका प्रमुख धीरेन्द्र कुमार सिंह, ईशनाथ नगरपालिकाका प्रमुख संतोष कुमार मेहता, बौधिमाई नगरपालिकाका प्रमुख राजीव रंजन यादव, देवाही गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र प्रसाद पटेलले दुःख व्यक्त गर्दै श्रन्दाञ्जली अर्पण गरेका छन् ।

उनीहरुले पूर्व सभापति पटेलको निधनले एउटा अनुभवी राजनीतिज्ञ अभिभावक गुमाएको बताएका छन् । मृतात्माको चिरशांतिको कामना गर्दै शोकाकुल परिवारलाई धैर्यधारण गर्ने क्षमता प्रदान गर्न ईश्वरसँग प्रार्थना समेत गरेका छन् ।

राजदेवी नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत संजय पांडेय, ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत नन्द किशोर गुप्ता, राजदेवी नगरपालिकाका वड़ा अध्यक्षहरु भाग्य नारायण साह, संजय कुमार यादव, जयमंगल दास समेतका जनप्रतिनिधिहरुले पूर्व सभापति पटेलको निधनप्रति शोक जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ