जनकपुरधाम, ३० बैशाख । प्रदेश नं. २ को सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना सुझाव आयोगले आफ्नो प्रतिवेदन मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीलाई हस्तान्तरण गरेको छ ।
प्रदेश सरकारले गत वर्ष असार महिनामा गठन गरेको विद्याधर मल्लिक नेतृत्वको एकल सुझाव आयोगले सोमबार अन्तिम प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको हो ।
आयोगलाई तत्कालिक र दीर्घकालिक गरी दुई चरणमा प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो ।
सोही अनुरुप आयोगले तत्कालिक प्रतिवेदन भदौको अन्तिम साता सरकारलाई बुझाएको थियो भने दीर्घकालिक प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन हस्तान्तरण गर्दै विद्याधर मल्लिकले प्रदेशको प्रशासनिक संरचनालाई दुरुस्त बनाउन कम्तिमा ५ हजार कर्मचारीको आवश्यकता रहेको बताए ।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रतिवेदनमा आएका सुझावहरुमाथि छलफलपछि कार्यान्वयनको चरणमा लाग्ने बताउए ।
तपाईको प्रतिक्रिया