परिषद्को अधिवेशन चैत्र ९ गते

समाचार

3/5/2019

भैरहवा, २१ फागुन । सिद्धार्थ साहित्य परिषद रुपन्देहीको १४ औ अधिवेसन तथा २१ औ साधरणसभा आगमी चैत्र ९ गते शनिबार भैरहवामा हुने भएको छ ।

परिषदका अध्यक्ष डिल्लीराज भट्टाराईको अध्यक्षतामा भैरहवामा बसेको ३२ औं बैठकले साधरण सभा तथा अधिवेसनको मिती तय गरेको कोषाध्यक्ष सिताकाफ्लेले बताईन् ।

बैठकले रुपन्देही क्याम्पसको सभाहलमा आयोजना हुने अधिवेसन तथा साधरणसभामा परिषदका सम्पुर्ण आजिवन सदस्य, पुर्व पदाधिकारी, सल्लाहकार तथा साधरणसदस्यहरुलाई उपस्थित भईदिन पनि अनुरोध गरेकोछ ।

यसैगरी बैठकले अधिवेसनकोलागी अधिवक्ता कुलानन्द ज्ञवालीलाई निर्वाचन आयुक्त चयन गरेको छ । अधिवेसनले आगमी कार्यकालकोलागी नया नेतृत्व चयन गर्नेछ । बैठकले परिषदको नयां सदस्यता समेत खुल्ला गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ