परिषद्का पदाधिकारीविरुद्ध मुद्दा दायर

समाचार

11/2/2018

काठमाडौं, १५ कार्तिक । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका तत्कालीन अध्यक्ष दीगम्बर रायले रु ७६ लाख २८ हजार ५०२, तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु ६२ लाख ८८ हजार ५६९, नायब सुब्बा उषा मिश्र रु ६६ लाख ४२ हजार ६६४ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

यस्तै कोषका लेखापाल उत्तमराज शर्मा ढकालले रु ६२ लाख ८८ हजार ५६९, तत्कालीन सवइञ्जीनियर पर्शुराम साहले रु तीन लाख ५४ हजार ९५, तत्कालीन कार्यकारी निर्देशक राजेशकुमार साह रु ६२ लाख ८८ हजार ५६९, यस्तै कोषका अर्का तत्कालीन कार्यकारी निर्देशक गोपाल झा रु नौ लाख ८५ हजार ८३८, इञ्जीनियर उपेन्द्र झा रु १३ लाख ३९ हजार ९३३ भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ