परिषद्ले हिन्दू राष्ट्रका लागि राष्ट्रिय गठबन्धन बनाउने

समाचार

2/8/2020

काठमाडौं, २६ माघ । हिन्दू परिषद् नेपाल केन्द्रीय कमिटीको विस्तारित बैठकले ११ बुँदे निर्णय सार्वजनिक गरेको छ ।

परिषद्का केन्द्रीय अध्यक्ष संतोष पटेलको सभापतित्वमा काठमाडौंस्थित मधेश मीडिया हाउसको सभा हलमा शनिबार सम्पन्न बैठकले हिन्दू राष्ट्रका लागि राष्ट्रिय गठबन्धन निर्माण गर्ने, जनजागरण सभालाई निरन्तरता दिने, संगठन विस्तार कार्यमा तीव्रता दिने, हिन्दूवादी अगुवाहरुलाई उचित सम्मानका साथ परिषद्मा आबद्ध गराउने, मठमन्दिर सरसफाई कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ ।

यसैगरी, सो बैठकले एकादर्शीको दिन नेपालभरी माछा, मासु बन्द गरौ अभियान संचालन गर्ने, छुवाछुत र बिभेदमुक्त समाज निर्माण अभियान संचालन गर्ने, धर्म परिवर्तन विरुद्धको महाअभियान संचालन गर्ने, गौ माता संरक्षण एवं सम्बर्धन अभियान संचालन गर्ने, धार्मिक र सामाजिक कार्यलाई निरन्तरता दिने, सनातन हिन्दू धर्मको संरक्षण र सम्बर्धन महाअभियानलाई तीव्रता दिने निर्णय गरेको छ ।

साथै सो बैठकले १५ जनालाई देशभरिबाट केन्द्रीय कमिटिमा समाबेश गरेको छ ।

नवनियुक्त केन्द्रीय सदस्य चयन हुनेहरुमा अमरेन्द्र साह, शान्त बहादुर शाक्य, मनोज राउत, नबीन कुमार सिंह, मनोज मण्डल, साहेब ठाकुर, खगेन्द्र राज जोशी, बिष्णु ज्ञवाली, लोकनाथ भण्डारी, लोकनाथ पाण्डे, रीता झा, राजकुमार रौनियार, संतोष बस्नेत, राममान महर्जन र संजय अग्रवाल छन् ।

केन्द्रिय विस्तारिक बैठकमा हिन्दू परिषद नेपालका केन्द्रिय उपाध्यक्षहरु विजय गुप्ता, सुनीता रौनियार, महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सुरेश साह कानू, भरत सर्राफ, चितरंजन श्रीवास्तव, उमेश साह कानू, श्यामसुंदर राय, साधना यादव, अजिता देवी, गायत्री साह, हंसा साह, पिंकी महासेठ, सजना खतिवडा, राकेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

साथै आउँदो साउन महिना नेपालीहरुको सुख, शान्ति र समृद्धि हेतु रथयात्रा संचालन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ