काठमाडौं, ७ चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई आज काठमाडौँ युथ कन्क्लेभ २०१९ मा एक लाख रूपैयाँ सहित सम्मान गरिएको छ । यससँगै उनलाई युथ आइकन २०१९ पनि घोषणा गरिएको छ । क्रिकेट लगायत अन्य क्षेत्रबाट नेपाली युवाहरूलाई नेपालमै केही गर्न र सफल हुन सकिन्छ भनी प्रेरित गरी युवा क्षेत्रमा योगदानका बापत् उनलाई सम्मान प्रदान गरिएको हो । विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका युवा विद्यार्थीहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै काठमाडौँका युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा आजकाठमाडौँ युथ कन्क्लेभ २०१९सम्पन्न भएको हो । कार्यक्रम चैतन्य इन्टिच्युट अफ म्यानेजमेन्टको सहयोग र राष्ट्रिय युवा परिषद्को प्रवद्र्धनमा सम्पन्न गरिएको थियो ।
तपाईको प्रतिक्रिया