नेपालगन्ज, १५ माघ । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार पन्नालाल गुप्त ‘चाचाजी’को निधन भएको छ ।
वरिष्ठ पत्रकार चाचाजीको उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको छ ।
उनको योगदान पत्रकारिता क्षेत्रमा मात्रै नभई पञ्चायतविरुद्धको आन्दोलन र समाजसेवामा पनि उतिकै छ ।
नेपालगन्ज त्रिभुवन चोक पूर्वलाइन निवासी चाचाजी प्रेस युनियन बाँकेको संस्थापक अध्यक्ष समेत हुन् । उनी किरण साप्ताहिक पत्रिकाको सम्पादक÷प्रकाशक पनि थिए ।
चाचाजीले निरन्तर रुपमा अखबार प्रकाशन मात्र होइन, रिर्पोटिङ्गमा समेत आफै खटिएर युवा पुस्तालाई समेत उर्जा दिइरहेका थिए ।
सेनानी गुप्ताका छोरा, पूर्व नगरप्रमुख विजय कुमार गुप्ताले उपचारका क्रममा उनको निधन भएको मधेशवाणीलाई बताएका छन् ।
तपाईको प्रतिक्रिया