प्रहरीको जवाफी कारवाहीमा १ जनाको मृत्यु

समाचार

1/13/2019

रुपन्देही, २९ पुस । सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा भन्सार चोरी निकासी तथा नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको छ ।

मृतकको हाल नाम, थर, वतन नखुलेका पुरुषको आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा खटिएको प्रहरी टोलीले युपि ५३ एच२०२८ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका २ जनाले एक्कासी प्रहरीलाई लक्षित गरी गोली प्रहार एक जना प्रहरी जवानको बाँया पाखुरामा गोली लागी घाइते भए पश्चात् प्रहरीले जवाफी फायर गर्दा घाइते भएका उक्त पुरुषको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते प्रहरी जवानको सोही अस्पतालमा उपचार भइरहको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल १ थान र गोलीको खोका ८ राउण्ड बरामद गरेको छ ।

मोटरसाइकल सहित फरार भएका अर्का व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ