प्रहरीद्वारा अवैध मदिरा बनाउने कच्चा पदार्थ नष्ट

समाचार

10/23/2019

बारा, ५ मंसिर । जितपुर सिमरा उपमहानगरपालिका–७ पहाडी टोलस्थित ४ वटा र सोही उपमहानगरपालिका(३ रामवन टाँडी टोलस्थित ३ वटा गरी जम्मा ७ वटा रक्सी भट्टीमा रहेको करिब ६ हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।

साथै पहाडी टोल बस्ने ५२ वर्षीय खोब बहादुर दर्लामी मगर लगायत ४ जनालाई ३ लिटर तयारी घरेलु मदिरा र मदिरा बनाउन प्रयोग हुने सानो ठूला गरी २५ वटा आलमुनियमको भाँडा सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जितपुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उक्त कच्चा पदार्थ नष्ट गर्नुका साथै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ