मोरङ, १ माघ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले मोरङ रंगेली नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय रङ्गेलीको हाताभित्र निर्माण हुने प्रहरी आवास गृह तथा भान्साघरको आयोजित एक कार्यक्रमबीच शिलान्यास गरेका छन् ।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक रिजालले सुरक्षित बासस्थानको ब्यवस्था भएसँगै प्रहरीले आमनागरिकलाई दिने सेवा पनि थप भरपर्दो हुनुपर्ने बताए ।
कार्यक्रममा विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राख्दै आमनागरिकको सेवामा चौबिसै घण्टा खटिने प्रहरीको उचित गाँस बासको व्यवस्था भएमा उच्च मनोबलका साथ सेवा प्रदान हुने हुँदा प्रहरीको लागि सुविधा सम्पन्न आवास तथा भान्साघर निर्माणले स्थानीय स्तरको सुरक्षामा थप टेवा पुग्ने बताए ।
उक्त प्रहरी आवास गृह तथा भान्साघर नेपाल सरकारको नियमित बजेटअन्तर्गत २ करोड ११ लाख ८२ हजार ६ सय २५ रुपैयाँ ५५ पैसामा निर्माण कार्य सम्पन्न हुने ईलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।
कार्यक्रममा रङ्गेली नगरपालिका र सुनवर्सी नगरपालिकाका नगर प्रमुखहरु, स्थानीय जनप्रतिनिधिहरु, बुद्धीजिवी, नागरिक समाजका अगुवाहरु, पत्रकार, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया