बर्दिया, २७ माघ । ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा ठाकुरबाबा नगरपालिका–३ स्थित बग्नाहमा निर्माण हुने प्रहरी चौकी सूर्यपटुवा बग्नाहको नयाँ भवन एक कार्यक्रमबीच शिलान्यास भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले भूमि पूजन सहित उक्त प्रहरी चौकीको नयाँ भवनको शिलान्यास गरेका छन् ।
उक्त चौकीको नयाँ स्थायी भवन निर्माणका लागि बर्दिया जिल्ला निर्बाचन क्षेत्र नम्बर २ स्थानीय पुर्बाधार बिकाश कोष कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३, ४ र ५ को प्रति वडा १० लाखको दरले जम्मा ३० लाख रुपैयाँ रकम बिनियोजन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
साथै उक्त भवन निर्माणको लागि ठाकुरबाबा नगरपालिकाको बैठकबाट निर्णय गरी स्थानीय राजेन्द्र योगीको अध्यक्षतामा ९ सदस्सीय भवन निर्माण समिति गठन गरी सोही समितिको निर्णयानुसार भवन शिलान्यास भएको हो ।
तपाईको प्रतिक्रिया