प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष प्रतिवेदन पेश

समाचार

12/18/2018

काठमाडौं, ३ पुस । कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूको भूमिका उपर छानविन गर्न प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले सोमबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल समक्ष प्रतिवेदन पेश गरेको छ ।

कञ्चनपुर, भीमदत्त नगरपालिका–२ बस्ने १३ वर्षीया निर्मला पन्त सोही नगरपालिका–१८ स्थित उखुवारीमा २०७५ साउन ११ गते मृत अवस्थामा फेला परेको घटना सम्बन्धमा अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिकाको विषयमा छानविन गरी राय सुझावसहितको प्रतिवेदन पेश गर्न २०७५ भदौ ३१ गते उक्त समिति गठन भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ