धनुषा, ११ जेठ । धनुषाको जनकपुरधाममा संचालित अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन–२०७६ शनिबार सम्पन्न भएको छ ।
उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश हरी कुमार पोख्रेलको प्रमुख आतिथ्य र महान्याधिवक्ताको कार्यालय काठमाडौंका सहन्यायधिवक्ता संजिव राज रेग्मीको अध्यक्षता १५ बुदे घोषणा पत्र जारी गर्दै उक्त सम्मेलन सम्पन्न भएको हो ।
‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सरोकार’ भन्ने मुल नाराका साथ महान्याधिबक्ताको कार्यालय काठमाडौंको सहकार्यमा प्रहरी प्रधान कार्यालय नक्सालद्वारा आयोजित उक्त सम्मेलन शुक्रबारदेखी शुरू भएको थियो ।
सोही अवसरमा प्रमुख अतिथि न्यायधिश पोख्रेलले प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजनका आधारमा तटस्थ रही अदालतले फैसला गर्ने हुँदा अनुसन्धान कार्य वस्तुनिष्ठ एवम् प्रमाणमुखी हुनुपर्ने बताए ।
सम्मेलन समापनका अवसरमा सह(न्ययधिवक्ता रेग्मीले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुवीच समन्वय र सहकार्यको अवस्था सुदृढ हुनुपर्नेमा जोड दिँदै बस्तु निष्ठ तथ्य परक अनुसन्धानबाट मात्र पीडितले सहि न्याय पाउन सक्ने हुँदा सदैव पीडितको मन जित्ने किसिमको अनुसन्धान र अभियोजन गर्नुपर्ने बताए ।
तपाईको प्रतिक्रिया