पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत : प्रम ओली

समाचार

4/23/2019

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।

पासाङ ल्याहमुले सगरमाथा आरोहण गरेको २६ बर्ष पुगेको अवसरमा मंगलबार आयोजित पासाङ प्रतिष्ठा दिवस अवसरमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पासाङको आत्मविश्वास र साहसले सगरमाथाको आरोहण सफल भएको बताए । “पासाङ सम्पूर्ण नेपालीकी साहस र प्रेरणाकी स्रोत हुन्” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले पासाङ ल्याहमुको स्मृतिलाई दीर्घकालिन बनाउनका लागि सरकार सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री ओलीले सगरमाथाको उचाइ नेपाल र चीन दुवैतिरबाट नापेर टुंगो लगाउने काम सुरु भएको बताएका छन् ।

“सगरमाथाको बारेमा भएका भ्रमहरु अन्त्य गर्न यसपाली सरकारको तर्फबाट उचाइ नाप्ने काम हुँदैछ । यो काम विवादरहित ढंगले टुंगिन्छ” प्रधानमन्त्री ओलीले भने ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ