रुपन्देही, ३ असार । सिद्धार्थनगर नगरपालिका ४ स्थित गौतमबुद्ध बिमानस्थलबाट भारत उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्लालाई मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल १ थान, त्यसको गोली १६ राउण्ड र म्याग्जीन २ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुद्ध एयरको उडानद्धारा भैरहवाबाट पोखरा जान लागेका शुक्लालाई बिमानस्थलको एक्सरे मेसिनद्धारा जाँच गर्नेक्रममा उनको लगेजभित्र उक्त हतियार फेला परेको हो ।
तपाईको प्रतिक्रिया