चन्दनकुमार यादव, राजविराज, १ मंसिर । रंजितपुर राईडर्सद्वारा आयोजित पहिलो मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधी योंग ११ बरहीबिरपुरले कब्जा जमाएको छ ।
स्थानिय मबिव क्याम्पस खेल मैदानमा संचालन भएको खेलमा बोदेबरसाईन टिमलाई ४ बिकेटले पराजित गर्दै बरहीबिरपुरले उपाधी माथी कब्जा जमाएको हो ।
शनिवार टस जितेर बोदेबरसाईनले निर्धा्रित २० ओभरमा ७ बिकेटको क्षतिमा १ सय २६ रनको योगफल खडा गरेका थिए । जसमा टिमका लागि रोहित सिँह ३१ रन बिकास दास २३ प्रशांत राय २० अभिनाष कर्ण १७ अमित दास १४ रन जोडेका थिए ।
बलिंग तर्फ बरहिबिरपुरका दिब्यान्सु मलिक, पुष्प थापा २र२ बिकेट तथा जितेन्द्र मुखिया र हासिम अंसारी १÷१ बिकेट हात पारेका थिए । जवाफ १ सय २७ लक्ष्य लिई मैदानमा आर्लेका बरहिबिरपुरले १८.५ओभरमा ६ बिकेट गुमाई बिजय हात पारेका थिए ।
जसमा राजेश पुलामी ले अभिजित ५७ रन पुष्ष थापा २३, जितेन्द्र मुखिया अभिजित २० रन बनाउदै टिमलाई जिताउन योगदान गरेका थिए ।
तपाईको प्रतिक्रिया