काठमाडौं, १ पुस । नेपालको राष्ट्रिय झण्डालाई बिश्वब्यापी बनाउने तथा नेपालको रास्ट्रीय झण्डालाई नेपाल सरकारले आधिकारिक रुपमा अन्तरास्ट्रीय मान्यता दिई विश्व जगतमा प्रचलन मा ल्याएको दिन पुष १ गते २०१९ साललाई सम्मान गर्दै तथा देशको पहिचान लाई उजागर गर्दै पहिलो ऐतिहासिक झण्डा दिवस को सुरुवात भएको छ ।
रास्ट्रीय धरोहर संरक्षण महाभियान नेपाल नामक संस्था सुरुवात गरि नेपालि युवाहरुले झण्डालाई सम्मान गर्दै यो दिवस सुरुवात गरिएको अभियानका संयोजक तथा परिकल्पनाकार राजानन्द माण्डव्यले जानकारी दिए ।
नेपाल एक स्वतन्त्र सार्वभौम सम्पन्न रास्ट्र हुदै गर्दा पनि हाम्रो झण्डा राजनैतिक कुद्रिस्टिले कहिले पनि स्वतन्त्र हुन नसकेको र अब यो झण्डा स्वतन्त्र हुनुपर्ने र राजनैतिक झण्डा संग यसलाई दाज्न नमिल्ने उनले जानकारी दिए ।
तपाईको प्रतिक्रिया