फुटबल प्रतियोगिताको तयारी पूरा

समाचार

2/26/2019

कपिलवस्तु, १३ फागुन । जिल्लाको विजयनगर गाउँपालिका वडा नं ४ शंकरपुरमा हुने प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिताको तयारी सम्बन्धमा पत्रकार सम्मेलन गरिएको छ ।

विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले आएका सम्पूर्ण पत्रकारलाई स्वागत गर्दे उक्त खेलको लगभग सम्पूर्ण तयारी भइसकेको र खेलकुदले युवालाई एकजुट बनाउन, समाजमा सद्भाव कायम गर्न, सचेत नागरिक बनाउन र व्यक्तिको शारीरिक, मांसिक क्षमता बढाउनका साथै समूहमा मिलेर कार्य गर्ने बानीको विकास गराउन सहयोग पुग्ने धारणा राखे । जसको उद्घोषक अर्जुन बेल्वासेले गरेका छन् ।

प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिताको आयोजक हरियाली युवा क्लब शंकरपुर र विजयनगर गाउँपालिकाको सहयोगमा मंगलबार उद्घाटन भई २८ गतेसम्म प्रतियोगिता हुने कुरा खेल संयोजक दुर्गा बहादुर दर्जीले बताएका छन् ।

उक्त प्रतियोगितामा २० टीम सहभागी हुने कुरा आयोजक क्लब अध्यक्ष खिम बहादुर खत्रीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ