फणीन्द्र नेपालले पाए जिल्ला अदालतबाट सफाइ

समाचार

5/29/2019

काठमाडौं, १४ जेठ । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यको इजलासले गत मिति २०७५ मंसिर २३ गते सार्वजनिक शान्ति विरुद्धको कसूरमा १ हजार जरिवाना गरेको फैसलालाई उल्ट्याउँदै काठमाडौँ जिल्ला अदालतका माननीय न्यायाधीश जनार्दन भट्टराईको इजालासले सोमबार सफाइ दिएको हो ।

नेपालका तर्फबाट अधिवक्ता सुजित के.सी.ले बहस गरेका थिए । २०७५ भाद्र १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालको औपचारिक भ्रमणका क्रममा काठमाडौंमा अवतरण गरेकै दिन अभियन्ता नेपाललाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसूरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ