मोरङ, १७ असार । विराटनगर महानगरपालिका १२ स्थित बाबुराम शर्माको शक्तिमाता फर्निचरमा मंगलबार दिउँसो आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
सोही काठमिलमा रहेको कमलेश्वर साहको टेलर, टेलरमा रहेको फर्निचर, काठपात र लत्ताकपडा समेत जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धना गरिरहेको छ ।
तपाईको प्रतिक्रिया