कपिलवस्तु, २ चैत । संघीय समाजवादी फोरम नेपाल कपिलवस्तुले वडादेखि जिल्ला अधिवेशनसम्मको तयारी गरेको छ ।
फोरम नेपालको केन्द्रिय अधिवेशनलाई मध्यनजर गर्दै कपिलवस्तुमा पनि फोरम नेपाल वडा, पालिका तथा जिल्लाको अधिवेशनको तयारीका लागि विभिन्न समिति तथा जिम्मेवारी बाडफाँड गरेको छ ।
शनिबार फोरम नेपालको पार्टी कार्यालयमा भएको बैठकबाट सो निर्णय गरेको जिल्ला अध्यक्ष शैलेन्द्र यादवले बताएका छन् ।
फोरम कपिलवस्तुले अधिवेशनलाई लक्षित गर्दै आर्थिक संकलन समिति, जिम्मेवारी बाडँफाँड र विविध निर्णयहरु गरेको यादवले बताएका छन् ।
आर्थिक संकलन समितिमा प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा १६ सदस्यीय समिति निर्माण गरेको छ ।
त्यास्तै सबै वडाको अभिबेसन यहि चैत्र ९ गते भित्र गर्ने तथा पालिका स्तारको अधिवेसन चैत्र १४ गते भित्र गरेर सो को जानकारी जिल्लामा गराउने निर्णय भएको अध्यक्ष यादवले बताएका छन् ।
तपाईको प्रतिक्रिया