फोरमका वडा सदस्य राजपामा प्रवेश

समाचार

2/17/2019

नेपालगन्ज, ५ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल बाकेको वडा नम्बर १ को वडास्तरीय समिति गठन भएको छ ।

संघीय समाजवादी फोरम नेपाल बाँकेका वडा नम्बर १ का वडा सदस्य अनिता बानवाल थोरे मातले प्रजित महिलासहित ५० जना राजपा बाँकेमा प्रवेश गरेका छन् ।

समिति गठनका लागि राष्ट्रिय जनता नेपालको केन्द्रीय सदस्य शतवति कुर्मी, प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष आशिष गुप्ता, जिल्ला सदस्य आनवर जावेद सिद्दिकी, जिल्ला सदस्य बाबू अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

समिति गठनको प्रक्रिया वडा नम्बर १ को स्थानीय अगुवा नेता हसिब हलवाईको अध्यक्षतामा भएको थियो ।

तादर्थ समिति वडा नम्बर १ को वडा स्तरीय समिति गठन प्रक्रिया विधानअनुसार भएको जिल्ला अध्यक्ष लक्ष्मीनारायण बामले जानकारी दिए ।

वडा १ सयोजक हसिब हलवाई, सहसयोजक अनिता बानवाल, राकेश बानवाल, जाकिर सिद्दिकी, अजिज शेष, आवेश अलि ईदिसी, वकिल ईदिसी, हेराज खानाल, सलमान शेख, प्रकाश तिवारीलगायत रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ