पर्सा, २५ फागुन । अपहरण तथा शरीर बन्धक, हातहतियार खरखजना तथा संगठित अपराध मुद्दामा फरार रहेका प्रतिवादीहरु भारत बिहार, मोतिहारी बस्ने ३५ वर्षिय बब्लु पासवान र सोही ठाउँ बस्ने २५ वर्षीय नन्की महतो भन्ने विजय महतो कुशवाहालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रतिवादीहरुले २०७३ जेठ १३ गते पर्सा बीरगंज महानगरपालिका(६ बस्ने सुरेश केडियालाई बारा महागढीमाई नगरपालिका(१ स्थित पसाहापुलबाट अपहरण गरी शरीर बन्धक बनाई भारततर्फ लगेर राखेकोमा भारत मोतिहारीबाट भारतीय प्रहरीको सहयोगमा अपहरण मुक्त भएका थिए । घटनामा बब्लु मुख्य योजनाकार रहेका थिए भने विजयले अपहरण पश्चात गाडी चलाई लगेका थिए ।
तपाईको प्रतिक्रिया