जनकपुरधाम, २६ फागुन । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई ‘फ्रि मधेश’को झण्डासहित हजारौं समर्थकहरुले जनकपुरधाममा स्वागत गरेका छन् ।
आइतबार काठमाडौंबाट मधेश झरेका डा.राउतका समर्थकहरुले जनकपुरधाममा जनमत संग्रह र स्वतन्त्र मधेशको नारा लगाएका छन् ।
बिहीबार अदालतको आदेशबाट रिहा भएपछि शुक्रबार सरकारसँग राउतले नेपालको अखण्डता तथा सार्वभौमिकतामा आँच आउने कुनै क्रियाकलाप नगर्ने सम्झौता गरेका थिए ।
निजी सुरक्षा गार्डका साथै विमानस्थलबाट निस्केलगत्तै कार्यकर्ताहरूसँगै राउतले जनकपुरधाम नगरको परिक्रमा समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया