फेशन शो एण्ड म्युजिकल ईभेन्ट हुँदै

समाचार

3/12/2019

सिरहा, २८ फागुन । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट हुने भएको छ ।

एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौले मिर्चैयामा यहि चैत ९ गते फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको अडिसन गर्ने जनाएको छ ।

युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गर्न लागिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए ।

फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ । अडिसनमा छनोट हुनेहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने डाईरेक्टर कर्णले बताए ।

मिर्चैयामै पहिलो पटक हुन लागेको फेसन शो मा सहभागी हुन सम्पुर्ण ईच्छुक युवायुवतीहरुलाई आयोजकले आग्रह गरेका छन् ।

अडिसन रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा हुनेछ । ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ