बाँके, ५ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले वडा कार्यालयले फोहोर व्यवस्थापनको काम सुरू गरेका छन् ।
वडा नम्बर १ ले १२ लाख रूपियाँमा ट्याक्टर खरिद गरी मङ्लबारदेखि फोहोर सङकलनको काम सुरू गरेको छ । टोलटोलमा स्वास्थ्य, सरसफाई र वातावरणमुलक प्रचारसहित हरेक प्रत्येक टोलमा ट्याक्टर बताइएको छ ।
उपमहानगरपालिकाले हरेक वडामा दैनिक फोहोर सङकलन गर्न सकिरहेको छैन । बस्ती विकाससँगै नेपालगञ्जको वडा नम्बर १ धम्बोझीमा धेरै नयाँ टोल थपिँदा फोहोर सङकलन र व्यवस्थापनमा चुनौती भएपछि वडा कार्यालय आफैले वार्षिक बजेटमा ट्याक्टर राखेको थियो ।
तपाईको प्रतिक्रिया