बाराको सीमामा बीओपी स्थापना

समाचार

1/16/2020

बारा, २ माघ ।  बारामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सिमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति नभएको कारण अतिक्रमण बढेको भन्दै सरकारको आलोचना भएपछि गृहमन्त्री रामबहादुर थापा बादलले सुरक्षा पोष्ट बढाउन निर्देशन दिएका थिए ।

सरकारले देशभर एक सय १४ वटा सिमा सुरक्षा पोष्ट थप्ने निर्णय गरेको छ । नेपाल–भारत सिमावर्ती क्षेत्र बाराको देवताल गाउँपालिकाको दक्षिण झिटकैयामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको हो । सीमा रक्षा र सीमा क्षेत्रमा हुने गतिविधि नियन्त्रणका लागि बारामा थप दुई स्थानमा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने पनि सरकारी तयारी छ । विश्रामपुर गाउँपालिकाको छतवा र पचरौता नगरपालिकाको बेनौली गाउँमा चाडै नै बीओपी स्थापना गरिने शसस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदीले जानकारी दिए ।

बारामा ९ वटा पोष्ट पु¥याउने तयारी भए पनि हाल सांत पुगेको छ । बारामा सिमा सुरक्षा गर्नुको संगसँगै तस्करी तथा अपराध नियन्त्रण गर्नको लागि सो पोष्ट स्थापना गरिएको हो । सशस्त्र प्रहरीले सिमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनीकरण, लागू औषध ओसारपसार नियन्त्रण, मानव तस्करी, चोरी पैठारी, तस्करी नियन्त्रणको खटिदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ