बीओपी स्थापना

समाचार

2/2/2020

कञ्चनपुर, १९ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बिचफाँटमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

नेपाल–भारत सीमा जोडिएको सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख सचेतक तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले शनिबार बीओपीको उद्घाटन गरेका हुन् ।

सीमा सुरक्षा र सीमावर्ती क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न बीओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वार्टर शैलेश्वरीले जनाएको छ ।

हाल करिब २० किलोमिटरको दूरीमा बीओपी रहेको भए पनि जिल्लामा १३ स्थापना भएपश्चात् ६÷७ किलोमिटरको दूरीमा बीओपी रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ