दिनेश ठाकुर, नेपालगञ्ज, ६ कार्तिक । विजयादशमी चलिरहँदा बाँकेमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।
पेट्रोलियम डिलर्स एशोसियसनका क्षेत्रीय अध्यक्ष टिपी न्यौपानेले दशैंको विदा चार दिन भएको र विचमा आइतबार भारतमा विदा हुने भएका कारण ढुवानीमा समस्या हुँदा अभाव देखिएको बताए ।
उनले बुधबार सम्म बाँकेमा पेट्रोलियम पदार्थको आपुर्तीमा सहज हुने बताए । दशैंका समयमा इन्धनको माग साविक भन्दा तेब्बरले बढेको उनले बताए ।
तपाईको प्रतिक्रिया