रुपन्देही, १७ कार्तिक । अर्घाखाचीमा फेरि बाघको आक्रमणबाट ४ वर्षीय बालकको ज्यान गएको छ ।
भुमिकास्थान नगरपालिका वडा नं ८ ढिकुरा का मदन घिमिरेका अन्दाजी ४ वर्षीय छोरा आरएन घिमिरेको बाघको आक्रमणवाट घाईते भएका बालको जिल्ला अस्पताल अर्घाखाचीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाचीले जनाएको छ ।
शनिबार साँझ ५ बजेतिर बालकलाई वाघले आक्रमण गरेको वताईएको छ । गत भाद्रमा पनि माबलीजान हिडेकि एक बालिकालाई आक्रमणबाट मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया