बाँके, २३ पुस । कोहलपुरमा बाघको छालासहित दु्ई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दैलेखका ३६ वर्षीय कमल खत्री र कञ्चनपुरका २१ वर्षीय हरि ढकाललाई कोहलपुर नगरपालिका–११ बसपार्कबाट बाघको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको प्रदेश नं ५ अनुसन्धान ब्यूरो र इप्रकाबाट खटिएको टोलीले एक थान बाघको छाला र हड्डीसमेत बरामद गरेको उहाँले बताउनुभयो । बरामद छाला र हड्डी बाँके राष्ट्रिय निकुञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया