बङ्लादेशी राजदूत र प्रदेश प्रमुखबीच भेटवार्ता

समाचार

5/20/2019

जनकपुरधाम, ६ जेठ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालस्थित बङ्लादेशका राजदूत मासफी बिन्ते सामबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आइतबार करीब २५ मिनेट भएको सो भेटवार्ताका क्रममा राजदूत सामले दुई देशबीचका समसामयिक विषयमा कुराकानी गरेको निजी सचिवालयले जनाएको छ ।

सो भेटका क्रममा राजदुत सामले दुई देशबीचको बर्तमान अवस्थामा भइरहेको पर्यटन, व्यापार तथा यसको प्रवद्र्धन र आपसी हितका विषयमा कुराकानी गरेका छन् ।

साथै भेटका क्रममा राजदूत सामले दुई देशको कृषि तथा सिँचाइको विषयमा कुराकानी गर्दै दुई देशको अन्तर सम्बन्ध तथा समृद्ध बनाउन के गर्न सकिन्छ भन्ने कुरामा छलफल गरेका छन् ।

कुराकानीकै क्रममा राजदूत सामले बङ्लादेशमा नेपाली सामानहरुलाई त्यहाँ नागरिकहरुले निकै रुचाएको प्रतिक्रिया दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ