विकास बजेट सक्ने चटारो

समाचार

5/10/2019

विराटनगर, २७ बैशाख । समयमा नै बजेट निकाशा नहुँदा बजेट फ्रिज हुनु नौलो घटना होईन । चालु आर्थिक वर्ष बित्न तिन महिना मात्र बाँकी रहेको अवस्थामा स्थानीय तहमा विकास बजेट सक्ने चटारो देखिन थालेको छ । मोरङ जिल्लामा रहेका गाँउपालिकादेखि नगरपालिकासम्म विकाशका विभिन्न गतिविधिहरु हतार हतारैमा संचालन हुन थालेका छन् ।
भर्खरै मात्र प्रदेश एकको स्थायी राजधानी घोषणा भएको विराटनगर महानगरपालिकासँगै जोडिएको गाँउपालिकामा निमाणाधीन सडकमा उपभोक्ता समितीका नाममा स्वयं निर्वाचित जनप्रतिनिधीबाट ठेकदारमार्फत काम गर्दै आएको रहस्य खुलेपछि अहिले निर्वाचित जनप्रतिनिधीहरुलाई निर्माण गर्ने हतार भएको पाइएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ