बिजुलीको पोलमा बस ठोक्किँदा चालकसहित चारको मृत्यु

समाचार

4/8/2019

सुनसरी, २५ चैत । धरान उपमहानगरपालिका–१३ जिरो पोईन्टस्थित जानकी चौकमा ना.६ ख २७१३ नम्बरको यात्रुबाहक बस सोमबार दिउसो बिजुलीको पोलमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका बसमा सवार धरान उपमहानगरपालिका–८बस्ने चालक चक्र बहादुर गुरुङ लगायत ४ जनाको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ