रुपन्देही, ९ पुस । किशोरकिशोरी तथा युवामाथि हुने जोखिम कम गर्न सरकारले मोबाइल एप्स ‘खुल्दुली’ शुभारम्भ गरेको छ ।
किशोरकिशोरी तथा युवा युवतीलाई यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिएको मोबाइल एप्स खुल्दुली बुटवलमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष र जर्मन विकास नियोगको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मोबाइल एप्स तयार गरेको हो ।
एप्सको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख उमाशङ्कर चौधरीले यौन तथा प्रजनन
स्थ्यसम्बन्धी सम्पूर्ण जानकारी एप्समा व्यवस्थापन गरिएकाले किशोरकिशोरी र युवाका लागि लाभदायक हुने विश्वास व्यक्त गरे ।
स्वास्थ्य सेवामा आधारभूत मनो–परामर्श दिने, परीक्षण गर्ने, स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य संस्थामा नभएको सेवाका लागि सेवाग्राहीलाई कहाँ पठाउने भन्ने जानकारी समेत मोबाइल एप्समा रहेको उनले जानकारी दिए ।
मोबाइल एप्सले किशोरकिशोरीको यौन जिज्ञासा मेटाउने हँुदा लैङ्गिक हिंसा र यौन हिंसामा समेत कमी हुने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया