बुढापाको सहारा छोरी पनि हुन सक्छ : मन्त्री साह

समाचार

1/16/2020

जनकपुरधाम, ३ पुस । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहले बुढापाको सहारा छोरी पनि हुनसक्ने बताएका छन् ।

बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत प्रदेश २ मा बिहीबारदेखि सुरु भएको छोरी शिक्षा बीमा शिविर सप्ताहलाई उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।

दुईदिने छोरी शिक्षा बीमा शिविर सप्ताह उद्घाटन गर्दैन भने, ‘समय परिवर्तन भइसकेको छ, सोच परिवर्तन गरौं ।’

‘हाम्रो समाजमा परम्परावादी सोच रहँदै आएको छ कि छोरा मात्रै बुढापाको सहारा हुन्छ तर, समय परिवर्तन भइसकेको छ, बुढापाको सहारा छोरी पनि हुन सक्छ’ मन्त्री साहले भने ।

लक्ष्मिनिया गाउँपालिका धनुषामा मुख्यमन्त्री बेटी पढाउ, बेटी वचाउ अभियानअन्तर्गत छोरी शिक्षा वीमा दुई दिने शिविर सप्ताह मन्त्री साहले शुभारम्भ गरेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ