बाणगंगा नगरस्तरीय माघी महोत्सव सुरु

समाचार

1/18/2020

कपिलवस्तु, ५ माघ । कपिलवस्तुमा बाणगंगा नगर स्तरिय दोस्रो माघी (खिचडी) महोत्सव तथा नयाँ बर्ष–२०७६ शनिबारदेखि सुरु भएको छ ।

थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्य समिति कपिलबस्तुको आयोजनामा बाणगंगा न.पा.–११ शिवरात्री मेला स्थल कपिलवस्तुमा शुरु भएको मेला ३ दिनसम्म चल्नेछ ।

“थारु संस्कृतिके संरक्षण, सम्बद्र्धन वो प्रवद्र्धनके खातीर हम्मन अभियान न्याँय, सामानता आउर पहिचान सहितके थारुहट स्वायत्त प्रदेशके निर्माण” भन्ने मूल नारासहित दोस्रो माघी महोत्सव सुरु गरिएको हो ।

महोत्सवलाई बाणगंगा नगर प्रमुख मंगल प्रसाद थारुले उद्घाटन गर्दै थारु समुदायको चाड पर्वहरुलाई संरक्षण र प्रवद्र्धन गर्दै जानुपर्ने बताए ।

उनले पछिल्लो समय थारु समुदायको भाषा, धर्म, संस्कार र संस्कृतिमा परिवर्तन आएको भन्दै यसलाई अब युव पुस्तहरुले यसको संरक्षण र प्रवद्र्धनमा विशेष भुमिका खेल्नुपर्नेमा जोड दिए ।

उनले थारु समुदायहरु एकताको सन्देश दिनका लागि विभिन्न स्थानहरुमा माघी महोत्सव अयोजना गर्नुभन्दा कुनै एक ठाउँमा भव्य रुपले मनाउँनु पर्नेमा जोड दिए ।

त्यस्तै, कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारुले थारु जाति समुदायको हक अधिकार सुनिश्चित गर्नको लागी सम्पूर्ण थारु अगुवा, बुद्धिजिवी, समाजसेवी एक जुट भएर लाग्नुपर्नेमा जोड दिइन् ।

कर्यक्रममा प्रतिनिधिसभा सदस्य एंवम नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर मुसलमान, पूर्वमन्त्री तथा पूर्वराजदूत दीपकुमार उपाध्याय, नेपाल ब्रदर्स विजनेस हाउसका म्यानेजिङ्ग डाइरेक्टर धु्रव प्रसाद नेपाल, नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल, बाणगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष सन्तराम रौतार, कंचन गा.पा. वडा अध्यक्ष तथा गायककार हरि नारयण थारु, नागरिक समाजका जिल्ला अध्यक्ष डोलख बहादुर पक्षाई, समाजसेवी सर्जु चौधरी, राम शंकर चौधरी लगातले बोल्दै थारु समुदायको भेषभुषा, भाषा, कला र संस्कृतिको संरक्षण तथा संम्बर्धन गर्न आ–आफ्नो ठाउँबाट विशेष भुमिका खेल्नुपर्नेमा जोड दिए ।

उनीहरुले संस्कृति हाम्रो पहिचान रहेको भन्दै कुनै पनि जाति समुदायको भाषा, धर्म र संस्कारहरुलाई संरक्षण गर्न एकजुट हुनुपर्नेमा बताए ।

कार्यक्रममा थारु समुदायको पहिचान झल्किने झाँकी प्रर्दशन गर्नुको साथै विभिन्न किसिमको थारु नृत्यहरु प्रदर्शन गरिएको थियो । कार्यक्रम थारु कल्याणकारीणी सभाका नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता, उपाध्यक्ष रिता थारुको स्वागत तथा राजेश चौधरी र सिर्जना चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

माघी महोत्सव माघ २ देखि ४ गते (तीन दिन) सम्म चल्ने छ । आइताबारदेखि झुमरा, झर्र्रा, सजनी, बिरहनी, मयूर नाँच, लाठी नाच, नृत्य लगायत खुल्ला डान्स प्रतियोगिता हुने अयोजनले जनाएको छ ।

त्यस्तै महोत्सवमा थारु खानाको परिकारहरु ढिकरी, घोङ्गी, खरियाँ, बरियाँ, खुर्मा, गेङ्गतक पाकउरी लगायत खानाहरु महोत्सवका मुख्य अकार्षणहरु रहेका छन् । पहिलो दिन मात्र महोत्सवमा हजारौंको संख्यमा दर्शकहरुघो घुईचो लागेको थियो । महोत्सवमा गयकार हरिनारयण र थारु रेकर्ड डन्सले दर्शकहरु झुमेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ