बुद्धभूमिको बजेट ८६ करोड ६६ लाख

समाचार

6/24/2019

कपिलवस्तु, ९ असार । कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले आव ०७६÷०७७ का लागि ८६ करोड ६६ लाख ३९ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

गोरुसिंगेमा आइतबार भएको पाँचौ नगरसभाबाट बुद्धभूमि नगरपालिकाले सामाजिक विकासलाई प्राथमिकता दिंदै बजेट प्रस्तुत गरेको हो ।

‘खुसी नगरबासी, समृद्ध बुद्धभूमि’को नारा अवलम्वन गर्दै पाँचौ नगरसभाबाट आव ०७६÷०७७ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख केशवकुमार श्रेष्ठद्वारा नगरसभामा प्रस्तुत भएको बजेटमा सामाजिक विकासतर्फ समग्र बजेटको ५१ दशमलव ३४ प्रतिशत बजेट छुट्याइएको छ ।

भौतिक पूर्वाधार विकासमा ४० दशमलव ६६ प्रतिशत बजेट छुट्टाएको नगरपालिकाले वन वातावरण तथा विपद् व्यवस्थापनमा २ दशमलव ८२ प्रतिशत र आर्थिक विकासमा ३ दशमलव ७४ प्रतिशत बजेट छुट्याएको छ ।

नगरसभामा नीति, कार्यक्रमतथा बजेट पेश गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकालाई समृद्ध, सबल, विकसित र सुन्दर बनाउँदै कृषिजन्य, पशुजन्य, माछा, खाद्य सामग्रीतथा स्थानीय दैनिकप्रयोगका सामग्रीहरुको उत्पादनमा आत्मनिर्भरताको दिशातर्फ उन्मुखबनाउने लक्ष्य लिइएको सभामा बताए ।

नगरभित्र रोजगारीमा बृद्धि गरी खुसी, सुखीनगरबासीको परिकल्पना, अनुशासित र सभ्य समाजको निर्माण गर्ने उद्धेश्यअनुरुपआव ०७६÷०७७को नीति र कार्यक्रमबनाएको उनले सभामाजानकारी दिए

पाँचौ नगरसभाबाट बुद्धभूमि नगरपालिकाको नगर प्रहरी ऐन, २०७६ सर्वसम्मतले पारित गरिएको छ । यो ऐनपारित भएसंगै नगरपालिकाले नगरभित्रआवश्यकताअनुसार नगर प्रहरी राख्न सक्नेछ ।

यस्तै नगरसभाबाट नगर शिक्षा योजना २०७६ सर्वसम्मतले पारित गरिएको छ । शिक्षामा आमूल परिवर्तनको अपेक्षा राखेर पारित गरिएको शिक्षा योजनाले पञ्चबर्षीय योजनाबनाएको छ ।

नगर शिक्षा योजनामा ५ बर्ष भित्र नगरको साक्षरतादर ९९ प्रतिशत पुर्याउने देखि समग्र सिकाई उपलब्धी७० प्रतिशतसम्मप ुर्याउने छ । अनौपचारिक शिक्षाबाट सीपमूलक, आयमूलक कार्यक्रम पनि यसमा समावेश छ ।

प्राविधिक शिक्षामा जोड दिएर तयार पारिएको शिक्षा योजनालाई नगरसभामा नगरका विधेयक समितिका संयोजक खुमानन्द न्यौपानेले प्रस्तुत गरेका थिए ।

नगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६, बुद्धभूमि नगरपालिकाको नगर दररेट २०७६, आर्थिक ऐन, २०७६ पनि नगरसभाबाट सर्वसम्मत पारित गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ