कपिलवस्तु, ६ जेठ । बुद्धभूमि नगरपालिकाले अनलाइन प्रविधिबाट सम्पत्ति कर, राजश्व दस्तुर काट्ने व्यवस्था लागु गरेको छ ।
नगर प्रमुख केशव कुमार श्रेष्ठले सूचना प्रविधि प्रयोगले राजश्व चुहावट कम हुने तथा जनताले आधुनिक समयअनुसार अनलाइनमार्फत आफूले बुझाउने राजश्व दरहरू मोबाइल एप्लिकेशन मार्फत सबै जानकारीहरू पाउन सकिने कुरा बताए ।
साथै अनलाइनको प्रयोगले नगरका हरेक कुराहरू मोबाइल एप्पबाट हेर्न सकिने कुरा बताए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले सूचना प्रविधिको प्रयोगले यस नगरको मुहार फेरिएको र अनलाइन मार्फत सम्पत्ति कर तथा राजश्वका असुल गर्दा चुहावट कम हुने तथा बढी पारदर्शिता हुने कुरा बताए ।
तपाईको प्रतिक्रिया