बुद्धभूमि नगरस्तरीय माघी महोत्सव सुरु

समाचार

1/24/2020

कपिलस्तु, १० माघ । बुद्धभूमि नगरपालिकाको वडा नं १ बसन्तपुरमा दोस्रो नगरस्तरीय माघी महोत्सव सुरुभएको छ । ‘थारु संस्कृतिके संरक्षण, सम्बर्धन वो प्रर्बद्धनके खातीर हम्मन अभियान, भुमी पुत्र थारु ह्मरे बचाइ अपने पहिचान’ भन्ने मूल नाराका साथ दुई दिने खिचडी महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटनमा थारु जातिको कला तथा संस्कृती झल्कने विभिन्न नृत्य, मयुर नाच, देवी देवता नाच, झुम्रा नाच तथा गीत प्रस्तुत गरिएको थियो ।

महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कपिलवस्तुकी उप प्रमुख तारावती चौधरीले खिचडी महोत्सवले सकरात्मक संदेश दिएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन ।

साथै थारु सभ्यता तथा सस्कृतीमा विकृती आउन लागेको हुदा यसको सरक्षणमा स्थानीय समुदाय नै सक्रिय रुपमा लाग्नु पर्ने उनले बताइन् ।

त्यस्तै, बुद्धभूमि नगर उपप्रमुख मिरा थारुले थारु सभ्यता र पहिचान र सरक्षणको लागी नगरपालिकाले प्रत्य वडा तथा नगरमा सास्कृतिक प्रर्वधनका कार्यक्रमहरुमा जोड दिएको बताइन् ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले थारु जातीको कला संस्कृती संरक्षणमा जोड दिएका थिए । समुदायका युवा पुस्ता आफ्नो संस्कृतीको संरक्षणमा जुट्टनुपर्ने स्थानीय सरोकारवालाहरुको भनाइ छ ।

नगरकार्यपालिका सदस्य कमला चौधरीको संयोजन तथा अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याण सभाका केन्द्रिय सदस्य शान्ती थारु, वडा अध्यक्ष तेज बहादुर वस्नेत, पवन कुमार थारु, गोविन्द आर्चाय , नेकपाका नेता पिताम्मवर खनाल, नेपाली काग्रेसका विष्णुराज टण्डन, थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष उमाशंकर थारु लगायतले माघी महोत्सवको शुभकामना दिएका थिए । राजेश थारुको संचालन र स्वागतमा भएको थियो ।

शनिबारसम्म चल्ले महोत्सवमा विभिन्न नाच तथा प्रतियोगिता रहने स्थानीय विद्यालयका शिक्षक मगल प्रसाद थारुले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ