काठमाडौं, १३ जेठ । नीजि क्षेत्रको बुद्ध एयरले काठमाडौं कोलकत्ता उडान सुरु गरेको छ । काठमाडौंबाट कोलकत्ताका लागि बिहान ८ बजे एउटा उडान गरिने र आगामी जुलाई १ देखि नियमित उडान हुने बुद्ध एयरले जनाएको छ ।
पर्यटन प्रवद्र्धनका लागि काठमाडौं कोलकत्ता उडान गर्न लागिएको बुद्ध एयरका व्यवस्थापकीय निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
नेपालमा बढ्दो पर्यटकीय सम्भावना र होटल व्यवसायहरुको चाप र दक्ष जनशक्तिको दायरा फराकिलो भएकाले पनि अन्तर्रा्ष्ट्रिय उडानले थप मद्दत पुग्ने निर्देशक बस्नेतको भनाई छ ।
तपाईको प्रतिक्रिया